A vertical shot of the black cat in the dark darkness

चुलबुले अदितिसंग रोमान्टिक धिरज


सुजन चापागाईको स्वरमा रहेको चलचित्र ‘बाबरी’ मा समावेश ‘चुलबुल चुलबुल’ गीत सार्वजनिक भएको छ। सुजनले नै संगीत भरेको गीतमा उनलाई सुनिता थेगिमले आवाजमा साथ दिएकी छिन्। गीतमा रविन्द्र लामिछानेले शब्द कोरेका छन्। डान्सिङ्ग नम्बरको गीतमा एन्जिला खत्री र विक्रम लामाले कोरियोग्राफी गरेका छन्।

धिरज मगर र अदिति बुढाथोकी गीतको भिडियोमा फिचर रहेका छन्। त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको गीतको भिडियोमा धिरज र अदितको जोडी आकर्षक देखिएको छ।

भदौ ३१ गतेलाई रिलिज मिति तय गरेको चलचित्रमा सुरेन्द्र पौडेलको कथा/ निर्देशन रहेको छ। चलचित्रलाई पुस्पलत्ता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेका छन्। धिरज नाडकर, बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ लगायतको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्