A vertical shot of the black cat in the dark darkness

कार्तिकमा जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’


जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह मुह्य भुमिकामा रहेको चलचित्र ‘ह्यारीकी प्यारी’ को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले दुई शिर्ष कलाकार समावेश पोष्टर सार्वजनिक गर्दै कार्तिक २५ गतेलाई रिलिज मिति तय गरेको छ।

बीआर प्रोडक्सनले निर्माण गरेको चलचित्रलाई कपिल रिजालले निर्देशन गरेका छन्। कपिल बरिष्ठ चिकित्सक भोला रिजालका छोरा हुन्। पर्वत र कास्की आसपासमा छायाकन भएको चलचित्रले नेपाली समाजको विवाह संस्कार र त्यसको समाजिक पक्षको कथालाई बोल्ने बताइएको छ । चलचित्रमा विजय वराल पनि मुख्य भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्