चलचित्र ‘हली’ को नयाँ गीत सार्वजनिक
ओम प्रतिकको निर्देशन तथा पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माणमा तयार भएको चलचित्र ‘हली’ को नयाँ गीत सार्वजनिक भएको छ। प्रमोद दीपको शब्द, अभि सुनारको संगीत तथा अस्मिता अधिकारीको स्वर रहेको मर्मस्पर्शी गीत ‘कहाँबाट ल्याऊँ बाबा’ निर्माण तिअम्ले सार्वजनिक गरेको हो। गीतले असैह्य पीडामा रहेकी छोरीले बाबुलाई सम्झिँदै अन्धकारबाट निकालेर आफूलाई साथमा लैजान गरेको याचनालाई प्रस्तुत गरेको छ ।

छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित चलचित्रमा निर्देशक ओम प्रतिकको साथमा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, कमल गाउँले लगायतका कलाकारहरूको अभिनय रहेको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा अर्जुन भुसाल रहेका छन् भने नम्रता भण्डारी सह-निर्मातामा छिन् । चलचित्र साउन २२ गतेबाट प्रदर्शनमा आउंदैछ।




