‘कार्की साइँला’को ट्रेलर: जितू र प्रियानाको प्रेम देखि बच्चाको कथा


जितू नेपाल र प्रियाना आचार्य प्रमुख भूमिकामा रहेको चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई तीव्रता दिन निर्माण टिमले ट्रेलर रिलिज गरेको हो।

चलचित्र को ट्रेलर प्रमुख पात्र जितु नेपालको वरिपरि घुमेको छ। भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुशी,त्यसमाथी गाउँलेको हेपाइ प्रवृधिलाई देख्न सकिन्छ। भरिया काम गर्ने जितुको प्रियाना आचार्यसंगको प्रेम, विवाह र सन्तान बसेको कथा ट्रेलरमा छ।

चलचित्रमा जितु नेपाल, प्रियाना आचार्य, सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
डम्बर राईको कथामा रहेको चलचित्रको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। राजेन्द्र बस्नेतको निर्देशनमा चलचित्र तयार भएको छ।
बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता अनन्त राई हुन्। असोज २ गतेबाट चलचित्र रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्