‘पानीफोटो’ ट्रेलर: द्वन्द्वमा हराएका छोरो खोज्न हिडेका दम्पतीको कथा


द्वन्द्वकालिन परिवेशको कथा समेटेर निर्माण भएको चलचित्र ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ। खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्रले देशमा चलेक दशक लामो युद्धमा वेपत्ता छोरा खोज्न हिडेका दम्पत्तिको कथा बोलेक छ। निकै मर्मस्पर्शी ट्रेलर वेपत्ता भएका परिवारको पिडा र समवेदन प्रस्तुत गरिएको छ । अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्र लामिछाने ट्रेलरमा फिचर रहेका छन्। साउन १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रबाट खगेन्द्र निकै आशावादी रहेका छन्।


ट्रेलर रिलिज कार्यक्रममा खगेन्द्रले, ‘द्वन्द्वकालिन समयमा धेरै कथाहरु जन्मिएका छन्। भविष्यमा यस्तो युद्ध कहिले नहोस् भन्ने कुरा बुझाउन पनि यस्ता कथाहरु भन्न आवश्यक रहेका छन्। यहि कोसिस मैले गरेको छु। ‘

प्रतिक्रिया दिनुहोस्