चलचित्र ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक


चलचित्र ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक भएको छ। असोज २ गतेबाट रिलिज हुने चलचित्रको ट्रेलरले अध्ययन र रोजगारीका लागि विदेशिएका युवाको संघर्ष र मुख्य जोडी सोनाल लामा र कस्मता निरौलाको प्रेम सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।

राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र असोज २ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा सोनाल र कस्मतासहित नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, ऋचा थापा, खिन्नबहादुर भण्डारी (भोला), जेपी पाण्डे, रामजी राउत, करुणा थापा, बिकुलाल बासु, सुकचन्द्र थापाल गायतका कलाकारहरूको रहेको छ ।

शरद अधिकारी प्रस्तुतकर्ता तथा बहादुर सिंह तामाङ निर्माता चलचित्रमा रहेका छन्। चलचित्रमा आरती अधिकारी आचार्यको कथा, मौनता श्रेष्ठको पटकथा, रवीन्द्र बरालको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रको छायांकन नेपालसहित बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्