जब आफैले विवाहको साइत जुराएकी हमाल पत्नीलाई हरिहरले चिनेनन्……


युवा ज्योतिष हरिहर अधिकारीको चर्चा महानायक राजेश हमाल र मधु भट्टराईको विवाहको साइत जुराईदिएपछी चुलिएको थियो। उनकै कारण राजेश र मधुको विवाह केहि बर्ष पछाडी धकेलिएको समेत खबर बाहिरिएका थिए। उनै ज्योतिष हरिहरले नेपाली चलचित्रकी अभिनेत्री निता ढुंगानासंग केहि दिन अगाडी विवाह गरे। ज्योतिष अधिकारीलाई चलचित्र क्षेत्रका विभिन्न व्यक्तिको संगतका कारण अभिनयमा मोह पनि बढ्यो । मुख्य भूमिकामा चलचित्रमा अभिनय गरे । तर आफ्नै चलचित्रको भविष्य उनले बताउन सकेनन्। चलचित्र फ्लप बन्यो। तर उनको चर्चा कम भएन । निता संगको विवाहको रिसेप्सनमा हरिहरले घरमा नै पुगेर राजेश र मधुलाई निम्ता दिएका थिए। राजेश पनि मधु संगै पुगेर हरिहर र नितालाई बधाई दिएका थिए।

विवाहपछीको एक टेलिभिजन अन्तर्वार्ता भने गज्जव बन्यो। निता र हरिहर विवाह लगत्तै पुगेको टेलिभिजन अन्तर्वार्तामा हरिहरलाई रिसेप्सनमा आएका अतिथिको फोटो देखाइएको थियो। तर हरिहरले महानायक हमालकी श्रीमतीलाई चिनेनन् । उनले त अनु शाह हुन् सम्म भन्न भ्याए। आफैले साइत हेरेर विवाह जुराएका हमाल दम्पतीमा मधुलाई नै चिन्न नसक्दा भएन त गज्जब।

प्रतिक्रिया दिनुहोस्