‘प्रकाश’ ट्रेलर: द्वन्द्वको घाउ देखि सरकारी जागिरको लडाईसम्म


चकलेटी अभिनेता प्रदिप खड्काको पात्र रुपान्तरण बिशेषता बोकेको चलचित्र ‘प्रकाश’ को मनछुने ट्रेलर सार्वजनिक भएको छ। द्वन्द्वकालिन समयको व्यथा र सरकारी शिक्षक बन्न एक युवाले गर्ने संघर्षको मिश्रण चलचित्रको ट्रेलरमा गज्जवको देखिन्छ ।

निर्देशक दिनेश राउतले द्वन्द्व र चलचित्र स्थापना गर्न गरेको मिहेनत तारिफयोग्य रहेको छ। द्वन्द्वकालिन समयमा हरेका पतिको पर्खाइमा रहेकी दिया मास्के (आमा) र सरकारी शिक्षक बन्न प्रदिप खड्का (छोरा) को संघर्ष निकै मर्मस्पर्शी रहेको छ। जुम्लाको आर्थिक र सामाजिक विभेदको चित्रण ट्रेलरमा देख्न सकिन्छ।

महेन्द्र अधिकारीको निर्माणमा तयार भएको चलचित्रको कथा विकास सुवेदीले लेखेका छन् । राजेश श्रेष्ठले खिचेको चलचित्रलाई जीवन थापाले सम्पादन गरेका छन्। चलचित्रमा प्रदिप र दियाको साथमा डेव्यु नायिका रेणु योगी, प्रकाश घिमिरे, देव कुमार श्रेष्ठ, निरज पन्थी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्