आमाको सम्मानमा मन्जु पौडेलको तीज गीत


लोकदोहोरि क्षेत्रमा मन्जु पौडेलले आफुलाई स्थापित गरिसकेकी छिन्। सुन्दर गायनको कारण चर्चामा रहने मन्जुले तीज अवसरमा नयाँ गीत सार्वजनिक गरेकी छिन्। ‘बाबाको आँगनी’ बोलको गीतमा शिव हमालको शब्द र सुदिप सागरको संगीत रहेको छ।

दुर्गा पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा मन्जुको साथमा अनुषा पौडेल फिचर रहेकी छिन्। स्व आमाको स्मृतिमा मन्जुले तयार पारेको भिडियोमा उनले आमासंगका दृश्य पनि समावेश गरेकी छिन्। लोकेन्द्र शाहको कोरियोग्राफी रहेको भिडियोमा दुर्गाको छायाँकन र नविन घर्तीमगरको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्