टिकटकको मारमा नेपाली चलचित्र : ‘छक्का पन्जा ४’ मा राजाको इन्ट्री सिन नै बाहिरियो


टिकटक अहिले सामजिक संजालमा सर्वाधिक लोकप्रिय रहेको एप हो। यहि एपको प्रयोग गरेर धेरै रातारात चर्चित बनेका छन् । छोटो भिडियो बनाएर आफुलाई प्रस्तुत गर्दै लाखौ फलोअर्स कमाएका उदाहरण धेरै रहेका छन्। तर हरेक कुराका सकारात्मक संगै नकारात्मक पाटो पनि हुन्छन्। यहि टिकटकले गर्दा आम मानिसको प्राइभेसी हराउदै गएको छ। जहा जस्तो अवस्थामा पनि टिकटकमा भिडियो सार्वजनिक हुन सक्ने डर आजकल सधै रहेको छ। चलचित्र पाइरेसीका घटना त झन् डरलाग्दो रुपमा रहेका छन्।

सुटिङ्ग देखि हल रिलिजसम्मका भिडियो टिकटकमा सार्वजनिक हुने गरेका छन् । टिकटकमा केहि समय अगाडी चलचित्र ‘ए मेरो हजुर ४’ को क्लाइमेक्स सिन पुरै बाहिरिएको थियो। विदेशी चलचित्रको सुटिङ्गका सिन पनि टिकटकमा जताततै रहेका थिए। छोटो समयमा लाइक्स र फलोअर्स कमाउन गरिने यस्ता क्रियाकलापले व्यक्तिगत प्राइभेसी देखि निर्माताको करोडौ लगानीमा रहेको चलचित्रलाई समेत असर परिरहेको छ।

यसैको मारमा चलचित्र ‘छक्का पन्जा ४’ परेको छ। भर्खरै सुटिङ्ग सुरुवात गरेको चलचित्रमा दिपकराज गिरिको इन्ट्री सिन नै बाहिरिएको छ। सुधार गृह बाट बाहिरिदै गरेको उक्त दृश्यमा दिपकको लुक्स समेत बाहिरिएको छ। बाजागाजा सहित दिपकलाइ गरिएको स्वागत र बोलिएका केहि संवाद समेत टिकटकमा बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्