A vertical shot of the black cat in the dark darkness

भारतीय मिडियामा ‘प्रेमगीत ३ को चर्चा, प्रदीपलाई माने ‘नेपालकै ठुलो स्टार’


चलचित्र ‘प्रेमगीत ३’ असोज ७ गतेबाट रिलिज हुदैछ। नेपालसंगै भारत रिलिजको तयारीमा सन्तोषले निकै मिहेनत गरेका छन्। चलचित्रलाई हिन्दी डव गरेर भारतमा रिलिजका लागी तयारी हुदै गर्दा सेप्टेम्बर १ मा चलचित्रको हिन्दी ट्रेलर रिलिज हुदैछ। चलचित्रको भारतीय निर्माताको रुपमा सुवास काले रहेका छन्। चलचित्रको भारत रिलिजका लागी उत्साहित रहेको सुवासले बताएका छन्।

भारत रिलिजको तयारी संगै भारतीय संचारमाध्यममा चलचित्रको चर्चा चुलिएको छ। बलिउडको चर्चित अनलाइन न्युज पोर्टल बलिउड हंगामाले चलचित्रको चर्चा गर्दै अभिनेता प्रदिप खड्कालाई नेपाली चलचित्र क्षेत्रको ठुलो स्टार भनेर सम्बोधन गरेको छ। प्रदिप र सन्तोष दुवै चलचित्रको हिन्दी भर्सन रिलिजका लागी उत्साहित रहेको समेत बलिउड हंगामा ले उल्लेख गरेको छ।
स्व छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरेको चलचित्रमा प्रदिपको साथमा क्रिष्टिना गुरुङ्ग, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्