इन्गेजमेन्ट तोड्दै मेलिना भन्छिन्, ‘सवै इन्गेजमेन्ट विवाहमै परिणत हुनुपर्दैन ‘


दुई बर्ष अगाडी गरेको इन्गेजमेन्टलाई केहि महिना अगाडी गायिका मेलिना राईले सामाजिक संजालमार्फत सार्वजनिक गरिन् । संजिव बराइलीसंगको प्रेम र इन्गेजमेन्ट सार्वजनिक गरेकी मेलिना राईले शुभकामना पाइरहेकी थिइन्। सामाजिक संजालमा अन्तरजातीय प्रेम सार्वजनिक गरेकी मेलिनाले मिश्रित शुभकामाना पाईन । धेरैले इन्गेजमेन्ट पछी मेलिनाको काम र शोज कम भएको आंकलन समेत गरिरहेका थिए। तर अनेक अड्कलबाजी बीच मेलिनाले आफ्नो इन्गेजमेन्ट तोडेकी छिन् । वैचारिक मतभेदका कारण इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी छिन् । उनले आफ्नो समाजिक संजालमा इन्गेजमेन्ट गरिएका सवै सम्बन्ध विवाहमा परिणत हुनुपर्ने बाध्यकारी अवस्था नरहेको लेखेकी छिन् ।

यस्तो छ उनको स्टाटस:
बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।
🙏

प्रतिक्रिया दिनुहोस्