‘छड्के २’ को वर्कसपमा अनमोल, यस्तो देखियो उनको लुक्स


नेपाली चलचित्र क्षेत्रका अहिलेका हटकेक अभिनेता अनमोल केसी यतिबेला नयाँ चलचित्रको वर्कसपमा व्यस्त रहेका छन् । ‘छड्के २’ चलचित्रका लागी क्यारेक्टरमा आफुलाई ढाल्न अनमोल निर्देशक र कलाकारको टिमसही वर्कसपमा व्यस्त रहेका छन्

। तस्विरमा अनमोलको मुड एन्ग्री योङ्गम्यानको देखिएको छ । चकलेटी लुक्समा दर्शकले रुचाएका अनमोलको यो नयाँ गेटअप र क्यारेक्टर कस्तो बन्ने हो त्यो हेर्न बाँकी रहेको छ। निगम श्रेष्ठ निर्देशित चलचित्रमा अनमोलले गरेको मिहेनत हेरेर निर्देशक स्वयम् उत्साहित रहेका छन्।

काभ्रे फिल्मस्को व्यानरमा प्रशान्त गिरिको निर्माणमा तयार भएको चलचित्र भदौ १ गतेबाट सुटिङ्गमा जादैछ। चलचित्रको सेड्युल ६० दिनको राखिएको छ। चलचित्रमा अनमोलको साथमा रविन तामङ्ग, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्