‘सायरा’ मा आर्यन


एक्सन जनराको चलचित्रको बाहुल्यता भएको समयमा आफुलाई अब्बल प्रमाणित गर्दै उदाएका अभिनेता हुन् , आर्यन सिग्देल । करियरको शिखरमा भएको बेला आफुलाई मेन्टेन गर्न नसक्दा खस्किएको करियर उकास्न आर्यनलाई लामै सकस परिरहेको छ। पछिल्ला रिलिज चलचित्रको अवस्था हेर्दा आर्यनको अवस्था त्यस्तै देखिरहेको छ।

आफैले निर्माण गरेको चलचित्र देखि आशातित चलचित्र सम्म असफल हुँदा आर्यनलाई आफ्नो करियर कसरी अगाडी बढाउने भन्ने सकसपूर्ण बिषय बनिरहेको छ । केहि चलचित्र आर्यनले साइन समेत गरिसकेका छन्। यहि भिडमा आर्यनले अर्को चलचित्र साइन गरेका छन।


डी.बि. आर मिडिया एण्ड मुभिज प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र ‘सायरा’ मा आर्यन मुख्य भूमिकामा रहनेछन्। असोजबाट छायाँकन सुरु हुने चलचित्रको ९० प्रतिशत सुटिङ्ग अष्ट्रेलियामा हुनेछ। रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्रले सोसियल ड्रामा र प्रेमकथाको कथा बोल्ने बताइएको छ। भारतीय निर्देशकले निर्देशन गर्ने तयारी गरिरहेको चलचित्रको काष्ट एण्ड क्रु चाडै सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्