A vertical shot of the black cat in the dark darkness

दिपेन्द्र र विपिनको तेश्रो सहकार्य, ‘चङ्गाचेट २’ मा जोडिए विपिन


अभिनेता विपिन कार्की पछिल्लो समय एकपछी अर्को चलचित्र साइन गरिरहेका छन् । केहि दिन अगाडी मात्र रामबाबु गुरुङ्गको चलचित्र ‘फुलबारी’ औपचारिक घोषणा भैसकेको छ। यो चलचित्रमा उनि एक ५१ बर्षिय पिताको भूमिका निर्वाह गर्दैछन्। यो लगतै उनि अर्को एक चलचित्रमा जोडिएका छन्।

दिपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्र ‘चङ्गाचेट २’ मा विपिन कार्की जोडिएका हुन् । अधिकांश पुराना कलाकारलाई विश्राम दिएर नयाँ कलाकार समेट्दै ‘चङ्गाचेट’ को दोश्रो सिरिज बनाउने तयारीमा निर्माण टिम रहेको छ । डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेको लगानीमा चलचित्र निर्माण हुदैछ । कमेडी जनरामा निर्माण हुने चलचित्रमा अर्पण थापा अनुबन्धित भैसकेका छन्।

प्रतिक्रिया दिनुहोस्