विवादित बन्दै करिश्माका अभिव्यक्ति


अभिनयमा मात्र हैन प्रौढ उमेरमा अध्ययन सुरु गरेर धेरैको लागी आइडल बनिन् अभिनेत्री करिश्मा मानन्धर । सुन्दरताको चर्चा त करिश्माको लागी पर्यायवाची नै भैहाल्यो । अभिनय पश्चात करिश्माले राजनीतिको बाटो रोजिन् । बाबुराम भट्टराईको नयाँ शक्ति बाट राजनीतिको बाटोमा होमिएकी करिश्मा यतिबेला एमालेमा छिन् ।
अभिनय करियरमा प्रशसा बटुलेकी करिश्मा राजनीतिक करियरको सुरुवातसंगै विवादमा पर्ने गरेकी छिन् । सामजिक संजालमा उनको अलोचन चर्कै हुने गरेको छ । उनले दिन गरेका अभिव्यक्ति उस्तै कच्चा हुने गरेका कारण पनि उनी विवादमा सधै तानिने गरेकी छिन् । आफ्नो बोल्न पाउने स्वतन्त्रता हो भन्दै उनी सामाजिक संजाल मार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै आएकी छिन् ।


उनै करिश्मा एकपटक पुन विवादमा तानिएकी छिन् । अविवाहित आमा निहारिका राजपुतका व्यक्तिगत तस्विर सार्वजनिक गरिदिएपछि त समाजिक संजाल प्रयोगकर्ता दुई धारमा बाडिएका छन् । केहि समय अगाडी मात्र आफ्नै छोरी बनाउछु भनि संगै तस्विर खिचाएकी निहारिकाकै विरुद्धमा यतिबेला करिस्मा खनिएकी छिन् । उनले लगातार स्टाटस लेख्दै उनले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयका पत्र समेत सार्वजनिक गरिदिएकी छिन् ।
धेरैले करिश्मालाई राजनीतिका लागी अपरिपक्क भएको र उनका अभिव्यक्ति सोहि अनुसारको भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्