A vertical shot of the black cat in the dark darkness

अदिति र धिरजको ‘बाबरी’ ले रोज्यो दशैँ, असोज १४ मा रिलिज


अदिति बुढाथोकी र धिरज मगर स्टारार चलचित्र ‘बाबरी’ ले आफ्नो रिलिज मिति दुई साता पछाडी सारेको छ । भदौ ३१ गतेलाई रिलिज मिति तय गरेको चलचित्र अव असोज १४ बाट रिलिज हुने भएको छ। सुरेन्द्र पौडेल निर्देशित चलचित्रका सार्वजनिक टिजर र दुई गीतले दर्शकको मन जितेका छन्

। ‘परदेशी २’ असोज बाट फागुन पुगेपछी सोहि मितिमा ‘बाबरी’ आउने भएको हो। प्रेमगीत ३ अघिल्लो साता अर्थात् असोज ७ मा रिलिज हुदैछ भने पछिल्लो साता अर्थात् असोज २१ मा दुई नम्बरी रिलिज हुदैछ। प्रेमगीतको हाइप नेपाल देखि भारतसम्म रहेको छ भने २ नम्बरीको ट्रेलरले दर्शक आकर्षित गरेको छ। अव दुई चलचित्रको रिलिज डेटको बिचमा लक भएको बाबरी डेट निर्माण टिमका लागी कति लक्की हुने हो त्यो भने हेर्न बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस्