A vertical shot of the black cat in the dark darkness

दूई धिरजको प्रेममा अदिति, बाबरी ट्रेलरमा बद्लिएका धिरज मगर


असोज १४ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘बाबरी’ को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक पत्रकार सम्मेलन गरेर रिलिज गरिएको ट्रेलरमा दुई धिरजको अदितिका लागी प्रेम लडाई प्रस्तूत गरिएको छ ।

धिरज मगर र अदिति बुढाथोकी स्टारार चलचित्र मार्फत धिरज नाडकर नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन्। धिरज चर्चित अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रलाई गणेश बुढाथोकी र पुष्पलत्ता बुढाथोकीले निर्माण गरेका हुन्। नरेन्द्र मैनालीले खिचेको चलचित्रलाई सुरेन्द्र स्वयंले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्