‘दयाहाङको झल्को आउँदा म खुशी छु। ‘ – धिरज मगर


नायक धिरज मगरलाई धेरैले सम्भावना बोकेका अभिनेताको रुपमा हेरेका छन्। पहिलो चलचित्रबाट नै राम्रो सम्भावना देखेका धिरज अभिनित दोश्रो चलचित्र ‘बाबरी’ असोज १४ मा रिलिज हुदैछ। सार्वजनिक टिजर र दुई गीतबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रको टिमले सार्वजनिक गरेको ट्रेलरले दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको छ। बिशेष गरि चकलेटी अनुहार र मिठासपूर्ण आवाज लिएर चलचित्र नगरीमा प्रवेश गरेका धिरजको क्यारेक्टर यो चलचित्रमा बिल्कुलै अलग रहेको छ। गाउँको एक काजी रवाफ रहेको चरित्र निर्वाह गरेका धिरजको आवाज धेरैलाई सुरुमा ठम्याउन नै गार्हो परेको थियो।

उनले यो मेरै आवाज हो भन्दै पत्रकार सम्मलेनमा डमी समेत दिनुपरेको थियो। टिजर रिलिज देखि नै धेरैले उनलाई दयाहाङ्ग राईको कब्बड्डी चलचित्रको काजी पात्रको नक्कल गरेको सम्म भ्याए। ट्रेलर रिलिज कार्यक्रममा पनि उनले यही प्रश्नको सामना गरे। तर धिरजले दिएको जवाफले धेरैको दिल जित्यो।
‘मैले निर्वाह गरेको पात्र हरेक गाउँ-गाउँमा देखिने काजीहरुको प्रतिनिधि पात्र हो। सायद गाउँमा हुने काजीहरु मेरो रियल क्यारेक्टर जस्तो हुदैनन्। त्यसै कारण मैले आफ्नो चरित्र र आवाज बदलेको हु। उनीहरुको रवाफ र बोल्ने शैली टिप्ने कोसिस गरेको हु’ , धिरज भन्छन्।

उनि अगाडी थप्छन्, ‘म दोश्रो चलचित्रमा काम गर्दैछु। दयाहाङ्ग राई दाइलाई हेर्दै हुर्किएको र सिकेको मान्छे हु म। मलाई उहा जस्तै भयो भन्दा त्यो भन्दा खुशीको कुरा के होला। उहाको झल्को ममा देखिनु मेरो लागी खुशीको कुरा हो। ‘

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज नायिका अदिति बुढाथोकीसंग जोडी बाँधेर प्रस्तुत हुदैछन्।

प्रतिक्रिया दिनुहोस्