A vertical shot of the black cat in the dark darkness

फागुनमा आंचलको ‘बर एण्ड बधु’ रिलिज


मिलन चाम्स निर्देशित चलचित्र ‘बर एण्ड बधु’ ले आफ्नो रिलिज मिति तय गरेको छ। रोमानियाको सुटिङ्ग सकेर नेपाल फर्किएको निर्माण टिमले चलचित्रलाई फागुन १९ मा रिलिज गर्ने तयारी गरेको हो। दशैँ र तिहारको रिलिज पछि चलचित्र निर्माता र वितरकको रोजाई फागुन तर्फ मोडिएको छ।

मङ्सिरमा हुन लागेको निर्वाचन र त्यस लगत्तै हुने विश्वकप फुटबललाई मध्यनजर गर्दै निर्माण टिमले फागुनमा रिलिज मिति तय गरेको हो। चलचित्रमा आंचल शर्मा र नव-नायक विवेक कर्मचार्य मुख्य भूमिकामा रहेका छन्। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा जानुका थापाको लगानी रहेको छ। डाक्टर अमित रिजाल चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्