नयाँ बर्षमा ‘भगवत गीता’, सुहाना फिचर भिडियो सार्वजनिक


झरना थापाको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘भगवत गीत’ को टाइटल अनाउन्समेन्ट निर्माण टिमले गरेको छ। सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने चलचित्रको सार्वजनिक भिडियोमा सुहाना थापालाई फिचर गरिएको छ। सुहानाको दुई भिन्न मुड सार्वजनिक गरिएको छ।

खुशी र दुखि दुवै मुडमा सुहानालाई प्रस्तुत गरिएको चलचित्रको हिरो को रहने अहिलेसम्म सार्वजनिक गरिएको छैन।टाइटल अनाउन्समेन्टसंगै निर्माण टिमले चलचित्रको रिलिज मिति समेत सार्वजनिक गरेको छ। चलचित्र आगामी वर्षको बैशाख १ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्