रेनशाले दिईन् जुम्ल्याह बच्चालाई जन्म


कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईले जुम्ल्याह बच्चालाई जन्म दिएकी छिन् । आज बिहान उनले दुई बच्चालाई जन्म दिएकी हुन् । उनले नर्भिक अस्पतालमा विहान ७ : ४९ मिनेट र ७: ५० मा एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

तस्विर श्रोत : अनुप भट्टराई

आमा र बच्चा दुवै स्वस्थ रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । करिव १० बर्ष लामो प्रेम सम्वन्ध पश्चात तीन बर्ष अगाडी रेनशाले प्रज्ज्वल राणा संग विवाह गरेकी थिइन् । प्रज्ज्वल चलचित्र निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्