A vertical shot of the black cat in the dark darkness

चम्किलो शहर भन्दा पर जुम्लामा जेनेरेटर बालेर ‘प्रकाश’ प्रिमियर


रेड कार्पेट, भव्य लाईट अनि चम्किला पहिरनमा सेलिब्रेटीको उपस्थिति प्राय नेपाली चलचित्रका प्रिमियरमा देखिने दृश्य हुन्। चम्किला सेलिब्रेटीका अगाडी सयौ क्यामेर प्रिमियरको अर्को पहिचान हो। तर यो भव्यता भन्दा पर जुम्लाको एक गाउँमा चलचित्र ‘प्रकाश’ को प्रिमियर गरिएको छ।

स्थानिया जुम्लेलीको उपस्थितिमा जेनेरेट बालेर निर्माण टिमले एक विद्यालयको प्रांगणमा चलचित्रको प्रिमियर गरिएको। सिनेमा हल मात्र हैन बत्तीको समेत अभाव खड्किएको जुम्लामा पहिलोपटक कुनै चलचित्रको प्रिमियर भएको थियो। ४५ दिनसम्म तिर्खु गाउँमा चलचित्रको छायाँकन गरिएको थियो। सोहि गाउँमा निर्माण टिमले आफै जेनेरेटर बोकेर पुगेको थियो।

आफ्नै भोगाई र आफ्नै भाइ,छोराछोरी अनि आमालाई पर्दामा देख्न पाएको भन्दै स्थानीयले चलचित्रको खुलेर तारिफ गरे। चलचित्रको प्रिमियरका लागी अभिनेता प्रदिप खड्का र लेखक विकास सुवेदी जुम्ला उगेका थिए।
चलचित्रको प्रिमियर पछी पाएको प्रतिक्रियाले प्रदिप उत्साहित रहेका छन् । उनि भन्छन्,’ मैले सोच्दै नसोचेको प्रतिक्रिया पाए। उहाहरुको माया र प्रतिक्रियाले ज्यादै खुशी छु। स्थानीयले हाम्रै भाई छोरा जस्तो देखिएको छौ भनेर प्रतिक्रिया दिंदा मैले गरेको पात्रले सार्थकता पाएको महसुस भएको छ। ‘

दिनेश राउत निर्देशित चलचित्रमा प्रदिपका साथमा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी लगायतका कलाकारको अभिनय रहेको छ। महेन्द्र अधिकारीले निर्माण गरेको चलचित्र भाद्र १० गते रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्