सत्यराज आचार्यको ‘राजकुमार’ सार्वजनिक


गायक सत्यराज आचार्यको स्वरमा रहेको ‘राजकुमार’ बोलको गीत सार्वजनिक भएको छ। पदम लोहारको शब्द र सत्य-स्वरुपको संगीत रहेको गीतलाई गोपाल रसाईलीले एरेन्ज गरेका छन्।

तोसित घतानीले निर्देशन गरेको भिडियोले मायाप्रेमको भाव समेटेको छ। भिडियोमा सत्यराज आचार्य, रीमा मिधुन मगर र सृजना भट्टराई फिचर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्