‘अक्षरा’ को स्याड गीत ‘भाग्यले होकी’ रिलिज


चलचित्रको रिलिज मिति नजिकिदै गर्दा ‘अक्षरा’को स्याड गीत रिलिज भएको छ। रचना रिमालको स्वर, सुरेन्द्र रानाको सहाबाद र कर्णराज गिरिको संगीतमा रहेको ‘भाग्यले होकी’ रिलिज भएको हो। गीतको भिडियोमा मुख्य तीन कलाकार न्यान्सी खड्का,सुशील सिटौला र रिस्ता अधिकारी रहेका छन्। भाग्यले होकी मलाई जीन्दगीले ढाँट्यो भन्दै न्यान्सीलाई निकै निरास मुडमा देखिन्छ। उक्त गीतको भिडियोमा सुशील र रिस्ता पनि भावुक देखिन्छन्। यस गीतको भिडियोको कोरियोग्राफी रामजी लानिछानेको छ।

असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्काले अभिनय गरेका छन्। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्।

प्रतिक्रिया दिनुहोस्