पौष ३ मा ‘प्रेम अध्याय’ रिलिज तय, यस्तो देखियो पोष्टर
लभस्टोरी तथा एक्सन जनराको चलचित्र ‘प्रेम अध्याय’ पौष ३ गतेबाट रिलिज हुने भएको छ । किरण चौधरीको निर्माण रहेको चलचित्रमा किशोर चौधरीको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा सरोज खनाल, रामशरण चौधरी, ऋचा थापा, मुकुन्द श्रेष्ठ, मुकुन्द थापा, लक्ष्मण नेपाल, किशोर चौधरी, भुलान चौधरी, विजय श्रेष्ठ, कल्पना उपाध्याय लगायतका कलाकारहरुको अभिनय छ ।

सार्वजनिक पोष्टरमा चलचित्रका अधिकांश कलाकार अटाएका छन् । अर्को एक पोष्टरमा भने चलचित्रका नायकको रिसाह अवतार देख्न सकिन्छ । विष्णु परियारको छायांकन रहेको चलचित्रमा किशोर चौधरीको शब्द तथा संगीत, कमल राई र किशोर चौधरीको कोरियोग्राफी, किशोर चौधरीको सम्पादन छ ।







