उपासनाले सकिन् ‘भिडियो टेप’ को छायांकन
अभिनेत्री उपासना सिंह ठकुरी प्रमुख भुमिकामा रहेको चलचित्र ‘भिडियो टेप’ को छायांकन सम्पन्न भएको छ। हरर जनरामा निर्माण भएको चलचित्रको छायांकन उपल्लो मुस्ताङ्ग र काठमाडौं ३१ दिनमा सम्पन्न गरिएको हो। एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भएको चलचित्रलाई ओविद उद्दिनले निर्देशन गरेका हुन्।

चलचित्रमा उपासनाको साथमा कुन्दन मान शाक्य, अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ।










