‘१२ गाउँ २’ को दोश्रो गीतमा रोमान्टिक समिर र कृशु
असोज ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘१२ गाउँ २’ को नयाँ गीत सार्वजनिक भएको छ। शिव परियार र सरोधि कुमारको आवाजमा रहेको ‘लाली गुराँस’ बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो । गीतमा युग भुषालको संगीत र शब्द रहेको छ।

प्रेम भाव समेटेको गीतमा अभिनेता समिर भट्ट नव- अभिनेत्री कृशु शाहीसंग रोमान्टिक मुडमा देखिएका छन्। यस अगाडी सार्वजनिक भएको डान्सिङ्ग नम्बरको गीतले सामाजिक संजालमा राम्रो चर्चा बटुलेको थियो। निर्माण टिमले पोष्टर र टिजर समेत सार्वजनिक गरिसकेको छ। भिडियोका कोरियोग्राफर सियोन श्रेष्ठ हुन्।
विराज भट्ट निर्देशित चलचित्रलाई यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ। पहिलो सिरिज ब्लकबष्टर बनेको थियो। एक्सन जनराको चलचित्रमा विराज भट्ट, समिर भट्ट, कृशु शाही, बर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुधिर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।










