प्रदिपको ‘प्रकाश’ लाई लिएर दिपक र दिनेश बीच जुहारी


अभिनेता प्रदिप खड्का मुख्य भुमिकामा रहेको चलचित्र ‘प्रकाश’ शुक्रबारबाट रिलिज भएको छ । हलले कम शोज दिएपछि प्रदिप प्रतिकारमै उत्रिएपछी यसको चर्चा झन् बढी चुलिएको छ । चलचित्रको प्रस्तुती र कन्टेन्ट त हेर्ने मान्छेले खुलेर चर्चा भैरहेको छ ।

चलचित्रले शनिबार उत्साहजनक साथ पाएपछि निर्माण टिम दंग रहेको छ । शनिबार दिनभर अभिनेता प्रदिपको साथमा अभिनेत्री दया मास्के, निर्देशक दिनेश राउत लगायतको टिम हलहरुमा दर्शकसंग साक्षत्कार गर्न पुग्यो ।

दर्शकको राम्रो साथ मिलेको समाचार निर्देशक दिनेश राउतले आफ्नो सामाजिक संजाल फेसबुकमा शेयर गरेका छन् ।
उनले प्रदिपलाई र टिमलाई शुभकामना दिदै प्रदिपले काम नगरेका निर्माताको डाहयुक्त स्टाटस देखेको उल्लेख गरेका थिए ।
उक्त स्टाटस सहितको समाचारमा कलाकार दिपकराज गिरिले कमेन्ट गरेपछी दुवैको जुहारी देखिएको छ ।

दिपकले,’ बडो राम्रो लेखाई । हरेक फिल्मलाई सपोर्ट गर्ने बानि बसोस हाम्रो ।’ भनेर कम्नेट गरेका थिए ।
उक्त कमेन्टको रिप्लाई गर्दै दिनेश लेख्छन्, ‘डन्ट यु डेयर टु टिच मी’ भनेर रिपाई गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्