प्रकाशलाई शनिबार दर्शकको साथ, ‘कबड्डी ४’ पछी दर्शक हलमा


दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘प्रकाश’ ले शनिबार उत्साहजनक व्यापार गरेको छ । शुक्रबार कम शोज पाएको चलचित्रले शनिबार बढेका शोज संगै राम्रो व्यापार गरेको छ। शनिबार राजधानीका अधिकांश मल्टिप्लेक्स हाउसफुल छन् भने राजधानी बाहिर पनि ८० प्रतिशत बढी अकुपेन्सी रहेको छ।

माउथ पब्लिसिटी राम्रो भएपछि शनिबार दर्शकको साथ चलचित्रले पाएको हो। कबड्डी ४ पछी दर्शकको उल्लेख्य उपस्थिति भएको चलचित्र प्रकाश रहेको सुन्धाराको सिभिल मलमा रहेको क्युएफएक्सका म्यानेजर शंकर नेपालले जानकारी दिएका छन्। महेन्द्र अधिकारीको निर्माणमा बनेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्