A vertical shot of the black cat in the dark darkness

‘बाबरी’ रिलिज अगाडी नै धिरज र अदितिको नयाँ चलचित्र घोषणा


धिरज मगर र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको चलचित्र ‘बाबरी’ असोज १४ गते रिलिज हुदैछ । चलचित्रका रिलिज दुई गीत र ट्रेलरले दर्शकको साथ पाएका छन्। गीत त दर्शकको मनमा बसिसकेका छन्। दुवैको जोडीलाई पनि दर्शकले प्रेम दर्शाएका छन्।

चलचित्र रिलिज अगाडी नै यो जोडीलाई लिएर निर्माण टिमले अर्को चलचित्र बनाउने तयारी गरेको छ। निर्मात्री पुष्पलता बुढाथोकीले अर्को प्रोजेक्टको घोषणा गर्दै धीरज र अदितिको जोडीलाई दोहोर्याएकी छिन्। चलचित्रको कथाको काम भैरहेको र फागुनबाट छायाँकन सुरु हुने बताइएको छ। निर्देशक र अन्य कलाकारको बारेमा जानकारी गराईएको छैन।

प्रतिक्रिया दिनुहोस्