गोबिन्दासंग प्रदिपको भेट : प्रेमगीत ३लाई सहयोग गर्ने प्रतिबद्धता


बलिउड स्टार गोविन्दा यतिबेला नेपालमा रहेका छन् । श्रीमतीसहित एक रियालिटी शोको गेस्ट जजको रुपमा नेपाल आएका उनले आज केहि चलचित्रकर्मीलाई भेटेका छन्। उनले नेपालका अभिनेता प्रदिप खड्कालाई भेटेका छन्। होटेल याक एण्ड यतिमा सुपर डान्सर नेपालको मिट एण्ड ग्रिटसंगै उनले प्रदिपसंग भेटेका हुन् ।

उक्त भेटमान निर्देशक दिनेश डिसी र चौधरी ग्रुपका वरुण चौधरी सहभागी भएका थिए। प्रदिपले भेटमा नेपाली चलचित्र क्षेत्रको बारेमा जनाकारी गराएका थिए । त्यो संगै भारतमा प्रदर्शन तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३’ को बारेमा प्रदिपले बिशेष छलफल गरेका थिए । भेटमा गोविन्दाले चलचित्र प्रेमगीत ३ को प्रवर्धनका लागी भारतमा सहयोग गर्ने बाचा गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्