A vertical shot of the black cat in the dark darkness

‘हिजो आजका कुरा’ को ‘परदेश’ रिलिज


असोज २८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘हिजो आजका कुरा’ को नयाँ गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको स्वर र संगीत तथा एकतारे र सकार पन्तको शब्दमा रहेको ‘परदेश’ बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो । वियोगान्त भाव बोलेको गीतको भिडियोले परदेश र नेपालमा बने परिवारको कथा बोलेको छ । २०७७ मै रिलिज तयारीमा रहेको चलचित्र कोरोनाका कारण पछी सरेको थियो । निर्माण टिमले सार्वजनिक गरेको पहिलो गीत ‘माया जदौ’ ले दर्शकको राम्रो साथ बटुलेको थियो ।


हिजो आजका कुरा टेलिभिजनमा सर्वाधिक सफल सिरियल थियो । यहि नाम सापटी लिएर सन्तोष पन्तका छोरा साकार पन्तको डेव्यु निर्देशनमा चलचित्र तयार भएको हो ।
चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्य देव, जेविका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । सन्तोष पन्त र साकार पन्त निर्माता राहेको चलचित्रमा प्रतिभा पन्त कार्यकारी निर्माताको रुपमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्