कला निर्देशक ‘जुंगे बा’ को गाडीमै निधन


नेपाली चलचित्र क्षेत्रमा लामो समय कला निर्देशक र कलाकारको रुपमा काम गरेका उद्धव भट्टराई ‘जुंगे’ को निधन भएको छ । बैतडीबाट काठमाण्डौ आउने क्रममा चितवनमा उनि आफै सवार बसमा मृत भेटिएका हुन् । दम रोगले ग्रस्त रहेका उनी ६६ बर्षका थिए।

आर्थिक अभावका कारण उनको उपचारमा समस्या आइरहेको थियो। कला निर्देशक र भेषभुषाको व्यवस्थापकको रुपमा उनले लामो समय नेपाली चलचित्र क्षेत्रमा काम गरेका थिए। पछिल्लो समय भने उनी काम बिहिन जस्तै बनेका थिए।

प्रतिक्रिया दिनुहोस्