अन्यौलमा ‘ म यस्तो गीत गाउँछु २’ , फेरी सर्यो ‘प्रेमगीत ३’


कोरोनाको तेश्रो लहरको हल्लासंगै नेपाली चलचित्र क्षेत्र पुन: एकपटक अतालिने स्थितिमा पुगेको छ । लामोसमयपछी मल्टिप्लेक्समा ‘कठपुतली’ चलचित्रले केहि वर्गका दर्शकलाई आकर्षित गर्न सफल भएको थियो। मल्टिप्लेक्समा राम्रो शोजका साथ चलचित्र चलिरहेको छ। पुष ३० गते अर्को चलचित्र रिलिजको तयारीमा रहेको छ। सर्दै हल्ला गर्दै यो चलचित्र रिलिज मिति पटक पटक सरे पनि केहि दर्शक हलमा आकर्षित गर्ने कुरामा सिनेमाकर्मी ढुक्क छन्।
दुई प्रतिक्षित चलचित्रले आफ्नो रिलिज मिति तय गरेका थिए । कोरोना अगाडी निर्माण भएर रिलिजको पनि तयारी गरिसकेका ‘म यस्तो गीत गाउँछु २’ र ‘प्रेमगीत ३’ लामै समयपछी रिलिजको तयारीमा थिए । माघ १९ मा ‘ म यस्तो गीत गाउँछु २’ ले आफ्नो रिलिज मिति तोकेको छ । सुदर्शन थापाको निर्देशनमा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रले दर्शकलाई राम्रोसंग हलमा तान्ने अपेक्षा छ। तर चलचित्रको रिलिज भने अन्यौल जस्तै बनेको छ। केहि दिन अगाडी चलचित्रको एउटा गीतको सुटिङ्ग गरेर रिलिज तयारी समेत गरियो । चलचित्रको नयाँ हिसावले प्रचार गर्ने तयारीमा निर्माण टिम जुट्यो। कार्यक्रम गरेर गीत रिलिज गर्ने तय भयो । तर अन्त्यमा कार्यक्रम रोकियो, चलचित्रको रिलिज मिति अन्त्योल बन्यो ।

यता प्रदिप खड्का स्टारर चलचित्र ‘प्रेमगीत ३’ ले फागुन १३ गतेलाई आफ्नो रिलिज मिति तय गर्यो । ट्रेलर केहि दिनमा रिलिज गर्ने भनेर घोषणा नै गरियो । हिन्दि भाषामा समेत डब गरेर निर्माता सन्तोष शेनले महत्वकांक्षी बनाएको चलचित्रको रिलिज मिति पुन सर्यो । निर्माता शेनले फेसबुकमा लामै स्टाटस लेखेर अनिश्चितकालका लागी चलचित्रको रिलिज स्थगित गरेको लेखे। उनले भारतका वजार वितरकको सल्लाह अनुसार भारतमा सिनेमाघर हरु बन्द हुन थालेको र विश्वभरी अलग अलग भन्दा एकै प्रदर्शन मितिमा रिलिज गर्न सल्लाह दिएको हुनाले आफुले रिलिज मिति अनिश्चित कलाका लागी रोकेको लेखे ।

नेपालमा नयाँ भेरियन्टको कोरोनाको खासै प्रभाव देखिएको छैन । उसो त अघिल्लो भेरियन्ट पनि भारतमा बिगबिगी भएपछी नेपालमा प्रवेश गरेको थियो। लकडाउन समस्याको समाधान हैन भन्ने आवाज विश्वभर उठिरहदा अव कोरोनाको खोप प्रभावकारी बनाएर जीवन सहज हुने हो की लकडाउनको शिकार बन्ने हो त्यो हेर्न बाँकी छ । ध्वस्त बन्दै गरेको चलचित्र क्षेत्रको लागी चै कुन खोपले काम गर्ने हो निकै सोचनीय बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्