A vertical shot of the black cat in the dark darkness

‘हिजो आजका कुरा’ ट्रेलर रिलिज कार्यक्रममा किन रोईन् ऋचा ?


अभिनेत्री ऋचा शर्मालाई नेपाली चलचित्र क्षेत्रमा बोल्ड पर्सनालिटिको रुपमा हेरिन्छ । आफुलाई लागेका कुरा स्पष्ट भन्ने र पाएको चरित्रमा जीवन भर्ने अभिनेत्रीको रुपमा उनलाई चिनिन्छ। बोल्ड अभिनेत्रीको पहिचान बनाएकी ऋचा एक प्रेसमिट अचानक भक्कानो छाडेर रोइन्। उनी अभिनित चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर रिलिज कार्यक्रममा उनको आँशु रोकिएन। उनी रुनुको कारण भने पारिवारिक थियो। विवाह गरेको केहि समयमा नै उनले आफ्नी आमालाई गुमाएकी थिइन्। परिवारमा सवैभन्दा नजिक उनी आमा भन्दा पछी हजुरआमासंग मानिन्छिन्।

उनी हजुरआमा यतिबेला जीवन र मृत्युको दोसाधमा रहेकी छिन्। सोहि प्रसंग कार्यक्रम संचालकले निकालेपछि ऋचाले आफ्नो आँशु रोक्न सकिनन्। उनलाई सम्हाल्न कार्यक्रम संचालक नरेश भट्टराई र अभिनेत्री रिमा विश्वकर्मालाई सम्हाल्न गार्हो पर्यो। केहि सम्हालिदै माइक सम्हालेर बोल्न खोजेकी ऋचालाई आफैलाई सम्हाल्न गार्हो पर्यो। जे होस् ऋचाले जसो तसो सम्हाल्दै आफ्ना कुरा राखिन्।
कार्यक्रममा एक पत्रकारले रोएर चलचित्र चलाउने ट्रेन्ड छ नी भन्दा ऋचाले आफ्नो कटाक्ष तेर्साइन्। उनी भन्छिन् ,’ रोएर चलचित्र ब्लकबस्टर हुन्छ भने धरधरी रोइदिन्छु। ‘ उनि अगाडी थप्छिन् ,’चलचित्र राम्रो कन्टेन्टले नै चल्ने हो। म मेरो आफ्नो पारिवारिक कारणले रोएकी हु। चलचित्र चलाउन हैन। ‘

असोज २८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, रिमा विश्वकर्मा, दिव्यदेव, जेबिका कार्की लगायतका कलाकारको अभिनय रहेको छ। पन्त फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रलाई साकार पन्तले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्