युवा स्टारको उस्तै केश: आरोपित हुदैमा गोपनियता अभावले सामजिक बदनामी


यतिबेला समाजिक संजालमा नेपाली क्रिकेट टीमका कप्तान सन्दिप लामिछाने छाएका छन्। तर उनको चर्चा नकारात्मक हिसाबले चुलिएको छ। केन्या भ्रमण सकाएर क्यारेवियन लिग खेल्न वेष्ट इण्डिज पुगेका सन्दिप यतिबेला बलात्कारको मुद्धामा मुछिएका छन्। केन्या भ्रमण जानु अघिल्लो दिन सन्दिपले मध्यरातमा आफुलाई बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले सन्दिप विरुद्ध जाहेरी दिएकि छिन्। सोहि अनुसार प्रहरीले अनुसन्धान सुरुवात गरेको छ। सिसिटिभी फुटेज कलेक्सन देखि होटलका कर्माचारीको बयानले दुवै संगै भएको र अनुसन्धान प्रहरीले अगाडी बडाईरहेको छ। तर सामाजिक संजालमा यतिबेला सन्दिप आरोपित बनिसकेका छन्।


उनले आफ्नु निर्दोष भएको र क्यारेवियन लिग सकिने बित्तिकै नेपाल आएर अनुसन्धानमा सहयोग गर्ने समेत बताईसकेका छन्। नाबालिगसंग सहमतिमै सम्बन्ध राखेको भए पनि त्यो बलात्कारमा नै गनिन्छ । पिडितको नाम सुरु बाट नै गोप्य राखिने गरिन्छ । तर पीडक भनेर आरोप लागेका व्यक्तिको नाम खुलेर प्रस्तुत गरिने हुदा उनिहरु आरोपित मात्रै हुँदा पनि सामाजिक हिसाबले अपराधी करार भैसकेका हुन्छन्। सन्दिपको हालत उस्तै भैसकेको छ जस्तो केहि महिना अगाडी पल शाहको भएको थियो। पललाई बलात्कारको आरोपमा सफाई मिलेको छ तर बाल यौन दुरुपयोगको अभियोगमा उनलाई साढे २ बर्षको कैद र जरीवान तोकिएको छ। यसको बिषयमा बहस जारि नै छ। सन्दिप पनि सोहि भुमरिमा अल्झिएका छन्। निवेदन दर्ता हुदैमा मात्र पनि उनि सामाजिक हिसाबले अपराधि करार भैसकेका छन्। भोली यो आरोप पुष्टि नभएमा पनि सन्दिपको व्यतिगत, सामाजिक र व्यावसयिक जीवन धरापमा परिसकेको हुनेछ। उनले आफुले अहिलेसम्म कमाएको समाजिक प्रतिष्ठा फर्काउन प्राय असम्भबको स्थिति हुन्छ । जति धेरै आवाज उनलाई आरोप लाग्दा उठेको छ यदि त्यो प्रमाणित नभएमा ती आवाज उनको पक्षमा पक्का पनि उठ्ने छैन।


यस्ता संवेदनशिल बिषयमा पिडितको गोपनियताको अधिकार राखे जस्तै आरोप लाग्दैमा पिडक भनिएकाहरुको पहिचान खुलाउनाले उनीहरुको जीवनमा पर्ने प्रभावको बहस पनि यतिबेला सुरुवात भएको छ । अझ चर्चित सेलिब्रेटीको बिषयलाई लिएर त झन् बढी मिडियामा चर्चा हुने गरेको छ। आरोप प्रमाणित नहुदासम्म गोपनियताको ध्यान दिए भोली उनीहरु निर्दोष सावित भएमा आफुलाई गर्विलो हिसावले नै समाजमा प्रस्तुत गर्न सक्थे। सामाजिक बदनामी पछि अदालती निर्दोष निर्णय आएमा त त्यो कागजमा मात्र इज्जतिलो देखिन्छ।

पल शाहको हकमा धेरै कुरा आए र बाँकि बहस चलिरहेको छ। सन्दिपको हकमा के हुन्छ त्यो हेर्न बाँकि रहेको छ। तर आरोप लागिसकेपछि उनलाई पक्राउ गरेर अनुसन्धान गर्न बाहेक प्रहरीसंग अर्को उपाय पनि छैन।
उनि दोषी वा निर्दोषी हुन यसको निर्णयका लागी हतार गर्ने समय छैन।

प्रतिक्रिया दिनुहोस्