महेश र अस्मिताको ‘जोबन दिने कि नदिने’ सार्वजनिक


महेश काफ्ले र अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘जोबन दिने कि नदिने’ सार्वजनिक भएको छ। गीतमा महेशको नै शब्द र संगीत रहेको छ।

भिजुअल आर्ट्सको प्रस्तुतीमा ‘ई-क्याब नेपाल’ को सहकार्यमा गीतको भिडियो तयार भएको छ। बिबेक रसाइलीको कन्सेप्ट र निर्देशनमा तयार भएको गीतको भिडियोमा महेश र अस्मिता नै फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्