पवनदिप राजन र अरुनिताको गीतमा आश्माको ठुम्का


ईन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको नयाँ गीत ‘घाम झैँ बलेकी’ सार्वजनिक भएको छ। एस पी सापकोटाको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीत बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको ‘कैलाशा स्टुडियो’ मा रेकर्ड गरिएको हो । पवनदीप पनि पहिलो पटक नेपाली गीत गाउँन पाउँदा निकै खुसी भएका छन् । उनि भन्छन्– ‘म बच्चै देखी नेपाली गीत सुन्दै आएको थिए, अहिले आफैले यति राम्रो नेपाली गीत गाउँन पाउँदा खुसी छु ।’


सुदिप बरालको निर्देशनमा तयार भएको गीतको भिडियोमा आश्मा विश्वकर्मा र राजकुमार फिचर रहेका छन्। सुदिपले नै खिचेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र प्रविन भट्टको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्