एलिशालाई नदेख्दा आकाशको छटपटी


गायक धर्मेन्द्र सेवानको नयाँ गीत ‘तिमीलाई नदेख्दा’ सार्वजनिक भएको छ । मुक्ती रोकाको शब्द रहेको गीतमा धर्मेन्द्रको नै संगीत रहेको छ। छेवाङ्ग लामाको निर्देशनमा तयार भएको गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिशा राई फिचर रहेका छन्।

रोमान्टिक गीतको भिडियो बिहिबार राजधानीमा एक प्रेसमिटको आयोजना गरेर सार्वजनिक गरिएको थियो।

प्रेसमिटमा गायक सुगम पोखेरेल, गायिका सुबानी मोत्तान, नायिका रिमा विश्वकर्मा र हाँस्यव्यांग्य कलाकार सन्दिप क्षेत्री उपस्थित रहेका थिए । संजित श्रेष्ठले छायाकन गरेको भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्