‘गाजल टिकी’ को रिप्लाई भर्सना: मलिकासंग आशिष सचिन


एकदेव लिम्बूको आवाजमा रहेको चर्चित गीत ‘गाजल टिकी’ को रिप्लाई भर्सन सार्वजनिक भएको छ। बर्ष दिन अगाडी सार्वजनिक भएको गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ। उक्त गीतमा पल शाह र मलिका महत फिचर रहेका थिए।

सोहि सुपरहिट गीतको रिप्लाई भर्सन सार्वजनिक भएको छ। गीतमा अप्सरा घिमिरेको स्वर रहेको छ। राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा मलिका महत र आशिष सचिन फिचर रहेका छन्। हरि हुमागाईले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्