‘भगवत गीता’ बारे धिरजको जवाफ,’ स्क्रिप्ट दिनुभएन पारिश्रमिकको चर्चा मलाई थाह छैन’


झरना थापाको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘भगवत गीत’ को टाइटल अनाउन्समेन्ट भिडियोमा नायिका सुहाना थापाको क्यारेक्टर लुक्सले तारिफ बटुलीरहेको छ। नयाँ बर्षमा रिलिज गर्ने सोच बोकेर हिडेको निर्माण टिम यतिबेला चलचित्रको मुख्य नायकको खोजीमा रहेको छ। नायकको भूमिकाका लागी नायक धिरज मगरलाई अफर गरिएको चर्चा थियो । धिरजले महँगो पारिश्रमिक मागेका कारण चलचित्रमा उनलाई लिन नसकिएको चर्चा समेत चल्यो । धिरजले ४० लाख माथी मागेको चर्चा चलेको थियो। तर धिरजले यो कुरा अस्विकार गरेका छन् । उनले चलचित्रको स्क्रिप्ट नभएको कारण चलचित्रको कुरा अगाडी नबढेको बताएका छन्।

उनी भन्छन् ,’ चलचित्रको अफर आएको हो। उहाहरुसंग केहि पटक छलफल समेत भएको हो। तर उहाहरुले मलाई स्क्रिप्ट नै दिनुभएको छैन। मैले पटक पटक स्क्रिप्टको कुरा गर्दा पनि स्क्रिप्ट दिनुभएन। एउटा कलाकार स्क्रिप्ट नहेरी आफ्नु भूमिका कस्तो छ थाह नभई कसरी चलचित्र साइन गर्ने। ‘

४० लाख पारिश्रमिकको बिषयमा धिरज भन्छन् ,’ मैले पारिश्रमिकको बिषयमा कुरा नै गरेको छैन । मेरो टिम छ उहाहरुले यो बिषयमा निर्णय गर्नुहुन्छ। मलाई पहिले स्क्रिप्ट महत्वपूर्ण छ। ‘

धिरज यतिबेला आफ्नो रिलिज तयारीमा रहेको चलचित्र ‘बाबरी’ को प्रमोशनमा व्यस्त रहेका छन्। असोज १४ मा रिलिज हुने चलचित्रमा अदिति बुढाथोकी उनको जोडीको रुपमा रहेकी छिन्। यहि जोडी अर्को एक अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्