कमल र मेलिनाले गरे इन्गेजमेन्ट


केहि समय बाट प्रेममा रहेको सांगीतिक जोडी कमल खत्री र मेलिना मैनालीले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका छन् । दुवैले आफ्नो सामाजिक संजालमा इन्गेजमेन्ट गरेको तस्विर सार्वजनिक गरेका छन् ।

दुवैजनाले इन्गेजमेन्टको तस्विर शेयर गर्दै सामाजिक संजालमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

कमल खत्री लामो समयबाट नेपाली संगीतमा रहेका छन्। गायन र संगीतको हिसावले उनले सयौ हिट गीत दिएका छन् । भ्वाइस अफ नेपाल बाट चर्चामा आएकी मेलिना उदयमान गायिका हुन्। कमल र मेलिनाले आफ्नो सहकार्यमा केहि हिट गीत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्