‘मायाका रंगहरु’ मा धीरज नाड्करसँग रोमान्टिक अदिती


असोज १४ गते रिलिज तयारीमा रहेको चलचित्र ‘बाबरी’ को नया गीत ‘मायाका रंगहरु’ सार्वजनिक भएको छ। सनुप पौडेल र रचना रिमालको स्वरमा रहेको गीतमा कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको छ।

गीतको भिडियोमा नव-नायक धीरज नाड्कर र नायिका अदिति बुढाथोकी फिचर रहेका छन्। धिरज नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज मगर मुख्य भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्