निर्देशक थापाले माफी मागेपछी टुंगियो पत्रकार श्रेष्ठसंगको विवाद


चलचित्र निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठ बीचको विवाद मिलेको छ। शुक्रबार प्रहरी वृत गौशालामा भएको छलफलमा निर्दशक थापाले माफी मागेपची दुवै पक्ष बीचको विवाद मिलेको हो । थापाले आफूले गालीगलौज गरेको गल्ती स्वीकार गर्दै आत्मालोचना गरेपछि मुद्दालाई अघि नबढाउने सहमति भएको हो ।

नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रहोबरमा दुवै पक्षबीच करिव २ घण्टा छलफल भएको थियो।
केहि दिन अगाडी चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को एक समाचारलाई आधार बनाएर निर्देशक थापाले श्रेष्ठलाई कानको जाली फुटाइदिन्छु भन्दै धम्कि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्