‘जलाकी’ को कौडा गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक


अशोक थापा मगरको निर्देशनमा तयार भएको चलचित्र ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ । गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा सुरेन्द्र रानाको शब्द रचना छ । गायक एसडी योगीकै संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ (किज) हुन् ।

उपासना सिंह ठकुरी र सोनम तोप्देन फिचर्ड गीतको भिडियो सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी रहेको छ। यो गीतको भिडियोमा चलचित्रका कलाकाहरू अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर, प्रवेश राईलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु) लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

यो चलचित्रबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी रहेका छन् । चलचित्र मङ्सिर ४ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्