‘बाबरी’ को विदेश माग उच्च, दक्षिण कोरियामा असोज १४ मै रिलिज हुने


असोज १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बाबरी’ को विदेश राइट्स धमाधम विक्री भैरहेको छ । निर्माण टिमले अष्ट्रेलिया र हङकङ राइट्स मोटो रकममा बिक्रि गरिसेको छ । यहि बिचमा दक्षिण कोरियाको लागी पनि चलचित्र बिक्रि भएको छ। असोज १४ गते नै रिलिज गर्ने गरि केटिएम टू सियोल कम्पनीले चलचित्रको राइट्स किनेको निर्मात्री पुष्पलत्ता बुढाथोकीले जानकारी दिईन् ।

कम्पनीका सीईओ युविन श्रेष्ठले चलचित्रको राइट्स किनेका हुन्। अन्य देशमा पनि चलचित्रको उच्च माग रहेको र छलफल चलिरहेको निर्मात्री बुढाथोकीले जानकारी दिएकी छिन्। धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्रलाइ सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्