A vertical shot of the black cat in the dark darkness

१९ बर्षपछी बाबु बोगटीको ‘सान्नानी’ रिमेक भर्सन


१९ बर्ष अगाडी हिट बनेको गीत ‘सान्नानी’ को रिमेक भर्सन सार्वजनिक भएको छ। बाबु बोगटीको स्वरमा रहेको गीतबाट बाबु बोगटी र नन्दिता केसी चर्चामा आएका थिए । आइतबार राजधानीमा एक कार्यक्रममाको आयोजना गरेर बाबुको आवाजमा रहेको गीत सार्वजनिक भएको हो। गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ ।

प्रहिल कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिन्सी-प्रिज्मा खतिवडा फिचर रहेका छन्। गीतको भिडियोमा नन्दिता केसी अतिथि भूमिकामा देखिएकी छिन्। बाबु र नन्दिता ‘सान्नानी २’ मा जोडीको रुपमा देखिएका छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्।

प्रतिक्रिया दिनुहोस्