हलमा ‘प्रेमगीत ३’ : मल्टिप्लेक्समा उच्च बुकिङ्ग


चलचित्र ‘प्रेमगीत ३’ आजबाट रिलिज भएको छ। निर्माण सकिएको तीन बर्षपछि चलचित्र हलमा प्रदर्शनमा आएको छ। कोरोनका कारण केहि बर्ष रिलिज असम्भव बनेको चलचित्रले सोहि समयको सदुपयोग गर्दै यसको हिन्दी भर्सन समेत सार्वजनिक गरेको छ।

भारतसंगै अन्य देशमा चलचित्रको हिन्दी भर्सन आजैबाट रिलिज भएको छ । वर्ल्डवाइड रिलिज चलचित्रको ओपनिङ्ग वम्पर हुने अपेक्षा गरिएको छ। नेपालमा चलचित्रको मल्टिप्लेक्स बुकिङ्ग उच्च देखिएको कारण पनि नेपालमा चलचित्रको ओपनिङ्ग राम्रो हुने अपेक्षा गरिएको छ। देशभरका सिंगल थिएटरमा चलचित्रको एकलौटी रिलिज जस्तै भएको छ।


छेतेन गुरुङ्ग र सन्तोष शेनले चलचित्रलाई निर्देशन गरेका छन्। चलचित्रमा प्रदिप खड्का, क्रिस्टिना गुरुङ्ग, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्