अशोक शर्माको प्रश्न- ‘क्लब-रेस्टुरेन्टहरु २४ सैं घन्टा खोल्न मिल्ने सिनेमा हल किन नमिल्ने ?’


चलचित्र बिकास बोर्डले राति ११ बजेपछि हल संचालन गर्ने सुरक्षा व्यवस्था सहित अनुमति लिनुपर्ने विज्ञप्ति जारी गरेपछि यसको विरोध चौतर्फी भैरहेको छ। बिशेष गरि चलचित्र ‘प्रेमगीत ३’ ले यो निर्णयमा आपत्ती जनाउदै पत्रकार सम्मेलन नै गरेपछि यसको बहस सतहमा आएको हो। अधिकांश चलचित्रकर्मी हल २४ सै घण्टा खुल्नु पर्ने बहसमा रहेका छन्। यहि बिचमा चलचित्र निर्माता , निर्देशक, कलाकार तथा वितरकले यसको विरोध गरेका छन्। उनले पुर्व अध्यक्ष दयाराम दाहालसंग २४ सै घण्टा हल संचालनको सहमति भएको समेत उल्लेख गरेका छन्।

उनी लेख्छन्, ‘चलचित्र बिकास बोर्डले राती ११ बजे सम्म हलहरुमा सम्पुर्ण शो सकि सक्नु पर्ने नियम बनाएको छ भन्ने सुने यदि यो सत्य हो भने सरासर गलत निर्णय हो दयाराम दाहाल अध्यक्ष भएको बेला चलचित्र का सबै संघ संस्था सहित बसेको बैठकले आवश्यक भए २४ सै घन्टा सिनेमाहल खोल्ने सहमति भएको छ पटक पटक सहमति तोडने नियम बदल्ने राम्रो चलन होइन , क्लब ,रेस्टुरेन्ट हरु २४ घन्टा खोल्न मिल्ने सिनेमा हल किन नमिल्ने। ‘

प्रतिक्रिया दिनुहोस्